नदीले बगाउँदा घाइतेको मृत्यु « Khabarhub

नदीले बगाउँदा घाइतेको मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली नदीले बगाउँदा गम्भीर घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–५ गल्फेमा महाकालीले बगाउँदा घाइते व्यास गाउँपालिका–१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।

आइतबार बिहान नदीमा बगिरहेका अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो ।

दार्चुला अस्पतालले अवस्था गम्भीर भनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : १८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै