नदीले बगाउँदा घाइतेको मृत्यु « Khabarhub

नदीले बगाउँदा घाइतेको मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली नदीले बगाउँदा गम्भीर घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–५ गल्फेमा महाकालीले बगाउँदा घाइते व्यास गाउँपालिका–१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।

आइतबार बिहान नदीमा बगिरहेका अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो ।

दार्चुला अस्पतालले अवस्था गम्भीर भनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : १८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर