दुई करोड बढीको च्याउ नोक्सान « Khabarhub

दुई करोड बढीको च्याउ नोक्सान


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब रु दुई करोडबराबरको च्याउ नोक्सान भएको छ ।

च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्‍याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए ।

जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।

माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब पाँच लाख, सीता च्याउ उद्योगको रु ६ लाख, कुलश च्याउ उद्योगको रु पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको रु १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको रु पाँच लाखबराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ ।

यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब रु ३० लाख, शिवसताक्षीका किसानको करिब रु ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिब रु ४० लाखको च्याउ नोक्सान भएको छ ।

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्‍याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउँछन् ।

बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : २३ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण