आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति « Khabarhub

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति भएको जानकारीदिएको छ ।

नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएकाहरु रहेको जानकारी दिएका हुन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका९१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ । भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १० हजार ८ सय ७ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाइग्रोस्टिक टेष्ट (आरडीटी) विधिबाट हालसम्म ४४ हजार १९ वटाको नमूना परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा १ हजार १ सय ९३ वटा नमूना परीक्षण भएका छन् । यस्तै हालसम्म दुवै विधिबाट हालसम्म ५४ हजार ८ सय २६ वटा परीक्षण भएका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर २२ हजार ९९ जना देशभरका क्वारेन्टाइनमा रहेका छन् । आज देशभरका विभिन्न अस्पतालमा एक सय ८ जना आइसोलेसनमा रहेको छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयका अनुसार शिखर इन्स्युरेन्स कम्पनीले स्वास्थ्य सेवा विभागलाई १७ हजार सर्जिकल मास्क सहयोग गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ०६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर