रेडियो नेपालको अन्तर्वार्ताका विषयमा डा भट्टराईले भने : कर्मचारी धम्काउने काम बन्द गर « Khabarhub

रेडियो नेपालको अन्तर्वार्ताका विषयमा डा भट्टराईले भने : कर्मचारी धम्काउने काम बन्द गर


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

डा. भट्टराईले मंगलबार ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो। यो कुनै पार्टी, गुट, व्यक्तिको बपौति हैन। त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी! अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु! कर्मचारीलाई धम्काउने काम नगर! सावधान!’

जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ४८ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु