बैशाख २५ पछि सेयर बजार खोल्ने तयारी « Khabarhub

बैशाख २५ पछि सेयर बजार खोल्ने तयारी


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड र  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैशाख २५ गतेपछि लकडाउन जारी नै रहेपनि सेयर बजार खोल्ने तयारी गरेका छन् ।

४५ दिनसम्म सेयर बजार बन्द हुँदा त्यसले लगानिकर्तामा निराशा छाएको तथा अर्थतन्त्र नै चलायमान नभएको निष्कर्षसहित बोर्ड र नेप्सेले मोडालिटी तयार गरी निश्चित अवधिका लागि भए पनि कारोबार खोल्ने तयारी गरेका हुन् ।

‘कोरोनाको प्रभाव शेयर बजारमा’ भन्ने शीर्षकमा मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको ‘भर्चुअल’ अन्तरक्रियामा बोल्दै बोर्डका अध्यक्ष भिष्म ढुङ्गाना र नेप्सेका प्रमुख चन्द्रसिंह साउदले बैशाख २५ पछि सेयर बजार खोल्नेबारे गृहकार्य भएको जानकारी दिएका हुन् ।

वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा भने थोरै समयका लागि कारोबार खुल्ला गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको र मोडालिटी टुंगिन बाँकी रहेको बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिए ।

उक्त अन्तरक्रियामा लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्णस्वचालित अनलाईन कारोबार लागू गरिने गरी काम अघि बढाइएको समेत जानकारी दिइएको छ ।

बोर्डका अध्यक्ष ढुंगानाका अनुसार अनलाइन कारोबार पूर्णस्वचालित बनाउँन नेप्से र बोर्ड दुबै लागि परेको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गत चैत्र ११ गतेदेखि सुरु गरेर चौथो पटक थपेको लकडाउन बैशाख २५ गते सकिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा