भारतले चिनियाँ परीक्षण ‘किट’को प्रयोगमा रोक लगायो « Khabarhub

भारतले चिनियाँ परीक्षण ‘किट’को प्रयोगमा रोक लगायो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)ले चीनबाट आयात गरिएको तीव्र एन्टिबडी कोभिड -१९ परीक्षण किटहरूको नजितामा ‘व्यापक भिन्नता’ भेटिएपछि प्रयोगमा रोक लगाएको छ ।

भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो र तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परिक्षण गर्न धेरै राज्यहरूमा वितरण गरिएको थियो I

गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिइए पनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएपछि प्रयोगमा रोक लगाएको हो ।

भारतले सबै राज्यहरु र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।

राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध गरिएको छ ताकि ती किटहरू आपूर्तिकर्ताहरूलाई फिर्ता पठाउन सकियोस्।

राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनिया किटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए I

आईसीएमआरले पीसीआर विधिद्वारा घाटी / नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ।

सरकारी अधिकारीले भारतसँग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा किट उपलब्ध रहेको दाबी गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर