खानपिन र मलमुत्र त्यागबिना ७५ वर्षसम्म बाँचेका ९० वर्षे वृद्धको निधन « Khabarhub

खानपिन र मलमुत्र त्यागबिना ७५ वर्षसम्म बाँचेका ९० वर्षे वृद्धको निधन


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिकित्सा विज्ञानका लागी रहस्य बनेका प्रह्लाद जनी उर्फ चुन्द्रीवाले माताजीको मंगलवार निधन भएको छ । एक श्रद्धालुका अनुसार ९० बर्षको उमेरका जनीले ज्यान गुमाएका हुन् । उनले विगत ७५ सालयता केहि खाएकी थिइनन् । खानामात्र होइन उनका भक्तका अनुसार जनीले यो ७५ बर्षसम्म पानी पनि पिएका थिएनन् ।

गुजरातको अहमदाबादको अम्बाजी क्षेत्रमा रहदै आएका उनको २६ मेमा निधन भएको हो । केहिदिनदेखि बिरामी उनमा कोरोनाको आशंका गरी परीक्षण गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको मृत्यु पुर्व नै श्रद्धालु र भक्तको हल्लामा सत्यता बुझ्ने भन्दै केहि चिकित्सक एवम् वैज्ञानिकले उनको निगरानि गरेको थिए । यतिका बर्षसम्म कोहि ब्यक्ति खानपिन, विनादिसापिसाव कसरी बाँच्छ भन्ने प्रमाण चिकित्सकले खोजेपनि फेला पारेका छैनन ।

उनलाई १५ दिनसम्म २४ सै घण्टा क्यामेराको निगरानीमा राखिएको थियो । तर त्यस समयमा समेत जनीले केहि खाएको प्रमाण जुटेन । जसलाई चमत्कार बताउदै चिकित्सकले हार मानेका थिए ।

जनीको पार्थीव शरीर श्रद्धालुको दर्शनकालागी राखिएको छ । बिहीबार उनको पार्थिव शरीरलाई समाधिष्ट गरिने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर