भिटामिन बी १२ जसको अभावले कपाल झर्छ « Khabarhub

भिटामिन बी १२ जसको अभावले कपाल झर्छ


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको सौन्दर्यतामा उसको कपाल महत्वपुर्ण मानिन्छ । कपाले मानिसको सुन्दरतामा निखार ल्याउँछ । त्यसैले मानिसले कपाललाई महत्वपुर्ण मानेर यसको देखभाल र सम्भार गर्छन् । तर कपालको काम सौन्र्दयतासंग मात्र जोडिएको छैन । कपालले तपाईको शरीरमा कुन भिटामिनको अभाव छ त्यसबारे समेत जानकारी दिन्छ ।

मेटापोलिज्मदेखि डीएनएको प्रतिरूप र रातो रक्त कोशिकाको गठनसहित शरीरको आवश्यक प्रक्रियामा भिटामिन बी १२ को आवश्यकता हुन्छ । यस भिटामिनको अभावका कारण शरीरमा अनेकौं लक्षण र विकार देखापर्दछ । त्यसमध्ये कपाल झर्ने समस्या पनि एक हो ।

कमजोरी, मुटुको धड्कन तेज हुनु, छाला पहेंलो हुनु, आखाँ कमजोर हुनु लगायतका लक्षणले शरीरमा पर्याप्त मात्रामा भिटामिन बी १२ नपुगेको संकेत गर्दछ ।

भिटामिन बी १२ को कमीका कारणले सबैभन्दा बढि असर रगत, गैस्ट्रोइन्टेस्टाइनल वातन्त्रिकातन्त्रमा पार्दछ । यस अलावा भिटामिन बी १२ को अभावले कपाल झर्ने समस्या समेत देखापार्दछ ।

भिटामिन बी १२ को कमीले कसरी झर्छ कपाल?

कपालमा केराटिन प्रोटिन पाइन्छ । कपालको सबैभन्दा मुनिको भाग हेयर फोलिसेसको जराको कोशिका शरीरमा सबैभन्दा छिटो बढ्ने गर्दछ । यो हरेक २३ देखि ७२ घण्टामा बढ्ने गर्दछ ।

टाउनकोमा हुने रोमछिद्रको जरामा पैपिला प्राप्त हुन्छ । जसमा रक्त वाहिका हुने गर्दछ । पैपिलाको मुख्य काम कपालको विकास गर्न आवश्यक पर्ने अक्सिजन र पोषक तत्वलाई रक्त कोशिकामा जोड्नु हो ।

भिटामिन बी १२ रातो रक्त कोशिका उत्पादनगर्न मद्दत गर्दछ । तसर्थ कपालको विकासकालागी शरीरमा पर्याप्त मात्रामा भिटामिन बि १२ हुनु आवश्यक छ । अन्यथा कपाल झर्ने समस्या हुने गर्दछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ११ : ०६ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली