लकडाउनको समयमा महिनावारी व्यवस्थापनमा थप चुनौति « Khabarhub

लकडाउनको समयमा महिनावारी व्यवस्थापनमा थप चुनौति


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गैर सरकारी संस्था गुथिले एरोशानसंगकोसहकार्यमा लकडाउनको समयमा गरेको ‘महामारिमा महिनावारी’ विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ ।

अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार कार्यक्रममा बोल्द अधिकाँश महिलाहरु (९१%) ले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्ने गरेको बताइन ।

लकडाउनका कारण महिलाहरुले महिनावारी व्यवस्थापनमा भोगेका समस्यालाई मध्यनजर गर्दै नेपालले काठमाडौं उपत्यकामा महिला पत्रकार र सरसफाई क्षेत्रमा कार्यरत मजदुर महिलाहरुको निम्ति लक्षित गरेर महिनावारी हाईजिन किट निःशुल्क उपलब्ध गराउनेछ ।

‘हाल लकडाउनका कारण धेरै महिलाले सेनिटेरि प्याड नपाएको तथा आर्थिक संकट भोगिरहेको समयमा महँगोमा प्याड किन्न बाध्य भएका कारण यस कार्यक्रमले सरसफाईकर्मी महिलाहरुलाई राहत हुने अपेक्षा गरिएको छ, ’ एरोशान नेपालका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताए ।

हाल सम्म धेरैले घरमै भएको प्याड प्रयोग गर्नाका कारणले धेरै समस्या नदेखिएता पनि लकडाउन बढ्दै गएको अवस्थामा घरमा भएको
प्याड सकिएपछि स्यानिटरी प्याड बजारमा नपाउने डर भने धेरैमा छ ।

लकडाउनको समयमा बजारबाट खरिदगरि प्याड प्रयोग गर्ने महिला मध्य केहीले सजिलै पाएका छन भने केहीले महंगोमा किन्नु परेको र आफुले प्रयोग गर्ने ब्राण्ड नपाएको वा किन्नै नपाएको अवस्था पनि छ । कपडा सिलाएर बनाइएको प्याड र मेन्स्टुल कप प्रयोग गर्ने महिलामा भने लकडाउनको प्रभाव न्यून देखिएको छ ।

महिनावारी स्वास्थ्य र स्वच्छता महिलाहरुको स्वास्थ्यको एक अपिरहार्य अंग हो । यसै कुरालाई मनन गर्दै विश्व महिनावारी दिवस २०२० को अवसरमा गैर सरकारी संस्था गुथिले स्त्री रोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग महिनावारी सम्बन्धि जिज्ञाशा, जवाफ र परामर्शको अनलाईन अन्र्तक्रिया कार्यक्रम जेठ १३ गते सम्पन्न गरेका छ ।

कार्यक्रममा धेरै महिलाहरुले महिनावारी सम्बन्धि प्रश्नहरु डा. सपना सामु राखेका थिए । यस प्रश्न उत्तरको दौरानमा महिनावारीमा हुने अनियमितता महिलाहरुले अनुभव गर्ने दुखाईका कारण र राजोनिवृत्ति (उमेर बढ्दै गएपछि महिनावारी रोकिने) का लक्षण, कुन अवस्थामा चिकित्सकसँग परामर्श लिन आवश्यक छ जस्ता विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व वातावरण मन्त्री गणेश शाहले प्रविधिको प्रयोग गरेर महिनावारी सम्बन्धि परामर्श जानकारी दिने र जनचेतना फैलाउने कार्य गरेकोमा गुथिलाई धन्यवाद दिदै महिनावारीमा देशभरका विद्यालयमा सरकारले निशुल्क प्याड दिने घोषणा गरेकोमा यसको अवलोकन तथा मूल्याङ्कन गर्नुपर्ने तर्फ ध्यानाकार्षण गरे ।

त्यसैगरी महिनावारी सम्बन्धि जनचेतना खानेपानी, सरसफाईको क्षेत्रमा काम गर्ने इन्जिनियरमा पनि चाहिने बताए ‘‘शौचालय डिजनाइन गर्दा महिनावारीलाई ध्यानमा राखी प्याड डिस्पोजलको व्यवस्था र प्याडहरु कसरी सुरक्षितरुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी छ ।’’

कार्यक्रममा सरसफाई र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले आफ्नो महिनावारी सम्बन्धि चुनौति र अनुभव बताएका थिए ।

सरसफाईकर्मीहरुकोसमुह संयुक्त सफाई जागरणकी मायाँ तामाङ्गले आफ्नो समस्या बताइन् ।

भक्तपुर निवासी महिला समुहका अध्यक्ष दया लक्ष्मी छ्वाजुले स्यानिटरी प्याड प्रयोग गरेपछि व्यवस्थापन गर्न कठिनाई भएको बताइन्।

त्यसैगरि हालको समयमा प्याड महँगोमा किनेको र प्याड किन्न कठिनाई भएको पनि उनले बताइन्।

त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा युवा रेडक्रस सर्कलका उपाध्यक्ष सपना रेग्मीले समाजमा अझै पनि महिनावारी सम्बन्धि धेरै रोकतोक रहेको बताइन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ३६ बजे

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु