लकडाउनको समयमा महिनावारी व्यवस्थापनमा थप चुनौति | Khabarhub Khabarhub

लकडाउनको समयमा महिनावारी व्यवस्थापनमा थप चुनौति


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गैर सरकारी संस्था गुथिले एरोशानसंगकोसहकार्यमा लकडाउनको समयमा गरेको ‘महामारिमा महिनावारी’ विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ ।

अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार कार्यक्रममा बोल्द अधिकाँश महिलाहरु (९१%) ले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्ने गरेको बताइन ।

लकडाउनका कारण महिलाहरुले महिनावारी व्यवस्थापनमा भोगेका समस्यालाई मध्यनजर गर्दै नेपालले काठमाडौं उपत्यकामा महिला पत्रकार र सरसफाई क्षेत्रमा कार्यरत मजदुर महिलाहरुको निम्ति लक्षित गरेर महिनावारी हाईजिन किट निःशुल्क उपलब्ध गराउनेछ ।

‘हाल लकडाउनका कारण धेरै महिलाले सेनिटेरि प्याड नपाएको तथा आर्थिक संकट भोगिरहेको समयमा महँगोमा प्याड किन्न बाध्य भएका कारण यस कार्यक्रमले सरसफाईकर्मी महिलाहरुलाई राहत हुने अपेक्षा गरिएको छ, ’ एरोशान नेपालका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताए ।

हाल सम्म धेरैले घरमै भएको प्याड प्रयोग गर्नाका कारणले धेरै समस्या नदेखिएता पनि लकडाउन बढ्दै गएको अवस्थामा घरमा भएको
प्याड सकिएपछि स्यानिटरी प्याड बजारमा नपाउने डर भने धेरैमा छ ।

लकडाउनको समयमा बजारबाट खरिदगरि प्याड प्रयोग गर्ने महिला मध्य केहीले सजिलै पाएका छन भने केहीले महंगोमा किन्नु परेको र आफुले प्रयोग गर्ने ब्राण्ड नपाएको वा किन्नै नपाएको अवस्था पनि छ । कपडा सिलाएर बनाइएको प्याड र मेन्स्टुल कप प्रयोग गर्ने महिलामा भने लकडाउनको प्रभाव न्यून देखिएको छ ।

महिनावारी स्वास्थ्य र स्वच्छता महिलाहरुको स्वास्थ्यको एक अपिरहार्य अंग हो । यसै कुरालाई मनन गर्दै विश्व महिनावारी दिवस २०२० को अवसरमा गैर सरकारी संस्था गुथिले स्त्री रोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग महिनावारी सम्बन्धि जिज्ञाशा, जवाफ र परामर्शको अनलाईन अन्र्तक्रिया कार्यक्रम जेठ १३ गते सम्पन्न गरेका छ ।

कार्यक्रममा धेरै महिलाहरुले महिनावारी सम्बन्धि प्रश्नहरु डा. सपना सामु राखेका थिए । यस प्रश्न उत्तरको दौरानमा महिनावारीमा हुने अनियमितता महिलाहरुले अनुभव गर्ने दुखाईका कारण र राजोनिवृत्ति (उमेर बढ्दै गएपछि महिनावारी रोकिने) का लक्षण, कुन अवस्थामा चिकित्सकसँग परामर्श लिन आवश्यक छ जस्ता विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व वातावरण मन्त्री गणेश शाहले प्रविधिको प्रयोग गरेर महिनावारी सम्बन्धि परामर्श जानकारी दिने र जनचेतना फैलाउने कार्य गरेकोमा गुथिलाई धन्यवाद दिदै महिनावारीमा देशभरका विद्यालयमा सरकारले निशुल्क प्याड दिने घोषणा गरेकोमा यसको अवलोकन तथा मूल्याङ्कन गर्नुपर्ने तर्फ ध्यानाकार्षण गरे ।

त्यसैगरी महिनावारी सम्बन्धि जनचेतना खानेपानी, सरसफाईको क्षेत्रमा काम गर्ने इन्जिनियरमा पनि चाहिने बताए ‘‘शौचालय डिजनाइन गर्दा महिनावारीलाई ध्यानमा राखी प्याड डिस्पोजलको व्यवस्था र प्याडहरु कसरी सुरक्षितरुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी छ ।’’

कार्यक्रममा सरसफाई र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले आफ्नो महिनावारी सम्बन्धि चुनौति र अनुभव बताएका थिए ।

सरसफाईकर्मीहरुकोसमुह संयुक्त सफाई जागरणकी मायाँ तामाङ्गले आफ्नो समस्या बताइन् ।

भक्तपुर निवासी महिला समुहका अध्यक्ष दया लक्ष्मी छ्वाजुले स्यानिटरी प्याड प्रयोग गरेपछि व्यवस्थापन गर्न कठिनाई भएको बताइन्।

त्यसैगरि हालको समयमा प्याड महँगोमा किनेको र प्याड किन्न कठिनाई भएको पनि उनले बताइन्।

त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा युवा रेडक्रस सर्कलका उपाध्यक्ष सपना रेग्मीले समाजमा अझै पनि महिनावारी सम्बन्धि धेरै रोकतोक रहेको बताइन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ३६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही