कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु, संक्रमितको संख्या २ लाख नजिक « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु, संक्रमितको संख्या २ लाख नजिक


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४२५ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ५४१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २५५ जनाको मृत्यु भएको छ भने ३१ हजार ९६९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १७५ जनाको मृत्यु भएको छ भने २३ हजार २६७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३९ जनाको मृत्यु भएको छ भने ८ हजार ३७३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा ३० जनाको मृत्यु भएको छ भने ४८ हजार ९४७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ ९ हजार ६९२ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १ : ५४ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान