सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विश्व महिनावारी दिवसको अवसरमा सफाईकर्मी महिलालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

महानगरमा बुधबार आयोजित कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामग्री प्रदान गर्दै महानगरका उपप्रमुख गीता सत्यालले महिलाका लागि महिनावारी गर्वको विषय भएको बताइन् ।

सन्तान जन्माउन महिनावारी हुनुपर्ने बताउँदै उनले यसलाई लाज र घिनको विषय बनाउन नहुने स्पष्ट पारिन् । उपत्यकामा महिनवारीप्रतिको दृष्टिको केही बदलिए पनि नेपालका दूरदराजका गाउँमा सोच अझै बदलिन नसकेको बताइन् ।

छाउपडी लगायत अन्य विभिन्न नाममा महिला महिनावारीका बेला हेपिएको बताउँदै यो व्यवहार विरुद्ध एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन् ।

ललितपुर महानगरपालिका फोहोर मैला व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र अवालेले महिनावारी प्राकृतिक कुरा भएको बताउँदै यो बेलामा सरसफाई महत्वपूर्ण भएको बताए ।

हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर उत्सव उदासले महामारीको अवस्थामा सरसफाईमा जुट्नु भएका सफाईकर्मीको स्वास्थ्यप्रति ध्यान दिनु सबैको दायित्व भएको बताए । यो महामारीका बेला महिनावारी र यस बेला हुनुपर्ने सरसफाइका बारेमा सबैले ध्यान पुर्याउनुपर्ने बताए ।

एरोसान स्टेनेबल स्यानिटेसन र हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्राइभेट लिमिटेडको सहयोगमा सफाई सामग्री दिइएको हो । साथै कार्यक्रममा पत्रकार महिलालाई पनि ती सामग्री प्रदान गरिएको थियो ।

सफाई सामग्रीमा सेनेटरी प्याड, पन्जा, मग, बाल्टिन, मास्क थियो । एरोसान स्टेनेबल स्यानिटेसनका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले महामारी र प्रकोपको बेला महिनावारीलाई महत्व दिनुपर्ने बताए । सरसफाईमा ध्यान दिनुपर्ने बताउँदै सफाई सामग्री वितरणमा सहयोग गरेको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ०१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई