बालबालिका आफैँ पढ्दै र पढाउँदै | Khabarhub Khabarhub

बालबालिका आफैँ पढ्दै र पढाउँदै


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् ।

कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा पढ्ने विद्यार्थी साना कक्षाका भाइबहिनीलाई पढाउने र आफू पनि साथमै बसेर पढ्ने गरेका छन् ।

टोलमा रहेको चेतनशील आमा समूहको भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नियमित पठनपाठन भइरहेको छ । टोलका १८ बालबालिका दैनिक खाना खाएर झोला बोकेर भवनमा गई पढ्ने गर्छन् ।

विद्यालय जान नपाएपछि खेल खेलेर समय बिताउनुभन्दा टोलका भाइबहिनीलाई जम्मा गरेर पढ्ने र पढाउने कार्यमा लागेको सीताराम मावि कक्षा ६ की छात्रा कृष्टिना शाहीले बताइन ।

आफूले टोलका माथिल्लो कक्षा उत्तीर्ण दाजुदिदीका पुराना किताब ल्याएर पढिरहेको कालिका आधारभूत विद्यालय कक्षा ४ की छात्रा मनकला वीरकट्टा बताइन । बालबालिका आफैँ सक्रियतापूर्वक पढ्ने र पढाउने कार्य अत्यन्तै राम्रो रहेको रामपुर–४ का वडा सदस्य सीमादेवी रानाले बताइन ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : २३ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा