कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी बोध गरेको छु – अर्थमन्त्री खतिवडा « Khabarhub

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी बोध गरेको छु – अर्थमन्त्री खतिवडा


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई चलायमान गर्ने गम्भीर जिम्मेवारी बोध गरेको बताएका छन् ।

आफूले बर्तमान सरकारको तेस्रो बजेट प्रस्तुत गरिरहेको स्मरण गर्दै खतिवडाले भने, ‘कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउने गम्भीर जिम्मेवारी बोध गरेको छु ।’

संघीय संसदमा शहीदहरुलाई स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेट भाषण सुरू गरेका खतिवडाले भने, ‘यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति तथा निरंकुशताकाविरुद्ध जीवनपर्यन्त संघर्ष गर्नुहुने दिवगंत नेताहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

त्यसक्रममा उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा कठिन परिस्थितिमा त्याग र नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञहरूप्रति उच्च सम्मान व्यक्त गरेको बताए ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोगका कारण विश्वले एकै पटक मानवीय र आर्थिक संकट सामना गर्नु परेको उल्लेख गर्दै खतिवडाले स्वास्थ्य संकटबाट उत्पादन, ब्यापार  तथा लगानीसम्मका श्रृंखला प्रभावित भएको बताए ।

विश्व अर्थतन्त्रकै अर्थतन्त्रमै संकुचन आएको उल्लेख गर्दै उनले भने,’ ‘विश्व अर्थतन्त्रमा आवद्धताका कारण नेपालका अर्थतन्त्रका प्रमुख क्षेत्रहरूसमेत गम्भीर प्रभावमा पर्न थालेका छन् । ‘

विगत २ वर्षको प्रगतिको जगमा उभिएर अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा धक्का लागेको समेत उनले बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ४ : ३० बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज