दुध र मासुमा आत्मनिर्भर बनाइने « Khabarhub

दुध र मासुमा आत्मनिर्भर बनाइने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई तरकारी, दूध र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र यी कृषि वस्तुमा आत्मनिर्भर हुन आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।

बजेटले हरेक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । आगामी वर्ष कृषि र पशुपालनका २ सय ५० वटा पकेट क्षेत्र रहने सुनिश्चित गरिएको छ ।

त्यस्तै, रसायनिक मलका लागि दिइदैँ आएको अनुदानलाई बढाएर रु. ११ अर्ब पुर्याइएको छ। अहिले रसायनिक मलका लागि रु. ९ अर्ब अनुदान दिइन्छ।

अर्थमन्त्री डा. खतिवडाले कृषि क्षेत्रको सहुलियतमा पुनरावलोकन गरी तीन वटै तहका सरकार हरुबीच दोहोरो नपर्ने व्यवस्था मिलाइने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : १५ बजे

पाकिस्तानको अर्थतन्त्र थप जटिल बन्दै

काठमाडौँ- पाकिस्तानमा जारी आर्थिक संकट थप जटिल बन्दै गएको छ

मिडियामा पीडित पक्षको आवाज पातलिएको गुनासो

काठमाडौँ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित

रवि लामिछानेले छाडे सरकारी निवास

काठमाडौं – निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी

भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै

काठमाडौँ- भारतको जम्मु कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुन

रवि पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौँ — चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने