हरेक स्थानीय तहमा 'एक उत्पादन पकेट' क्षेत्र बनाइने | Khabarhub Khabarhub

हरेक स्थानीय तहमा ‘एक उत्पादन पकेट’ क्षेत्र बनाइने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई तरकारी, दूध र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र कृषि वस्तुमा आत्मनिर्भर हुन आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।

बजेटले हरेक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । आगामी वर्ष कृषि र पशुपालनका २ सय ५० वटा पकेट क्षेत्र रहने सुनिश्चित गरेकाे छ ।

त्यस्तै, रसायनिक मलका लागि दिइदैँ आएको अनुदानलाई बढाएर रु. ११ अर्ब पुर्याइएको छ। अहिले रसायनिक मलका लागि रु. ९ अर्ब अनुदान दिइन्छ।

अर्थमन्त्री डा. खतिवडाले कृषि क्षेत्रको सहुलियतमा पुनरावलोकन गरी तीन वटै तहका सरकार हरुबीच दोहोरो नपर्ने व्यवस्था मिलाइने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ३० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई