क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डस्यो, अवस्था गम्भीर « Khabarhub

क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डस्यो, अवस्था गम्भीर


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको एक क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डसेको छ । २२ दिनदेखि क्वारेन्टिनमा बसेका ती युवकलाई शुक्रवार राति सर्पले डसेको हो ।

२२ वर्षीय उनी गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए ।

ती युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।

प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : २० बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले