चन्द्रमामा बनाइने ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने | Khabarhub Khabarhub

चन्द्रमामा बनाइने ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नासाले चन्द्रमामा जाने मानिसहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वाइलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजाइन कस्तो हुने भन्नेबारे सुझाब पठाउन आह्वान गरेको हो ।

नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने शौचालयको डिजाइन र तरिकाको बारेमा आफ्नो विचार र आईडियाहरु पठाउन सकिने बताएको हो ।

नासाले हिरोएक्ससँगको सहकार्यमा एजेन्सीको लुनार ल्याण्डरको लागि आवश्यक पर्ने शौचालय कस्तो बनाउने भन्ने बारेमा प्रतिस्पर्धा शुरु गरेको छ । जसको नाम ‘लुनार लू च्यालेन्ज’ रहेको छ ।

सो प्रतिस्पर्धामा सन् २०२४ भित्र चन्द्रमामा पुर्‍याइने पहिलो एक जना पुरुष र एकजना महिला अन्तरिक्ष यात्रीको लागि शौचालयको डिजाइन, प्रयोगको तरिकालगायत बारेमा नासालाई जानकारी दिन सकिनेछ ।

त्यसमा कस्तो प्रकारको शौचालय प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धानकै क्रममा रहेकाले विश्भरबाट सुझाब संकलन गर्न लागिएको हो ।

चन्द्रमामा पृथ्वीको कक्षमा भन्दा करिब ६ गुणा कम गुरुत्वाकर्षण भएको हुँदा नासाले सो समस्यालाई समाधान गर्ने गरि शौचालयको डिजाइन खोजेको हो । जसमा कसैले पनि नविनतम डिजाइन र प्रविधिसहित सुझाब दिनसक्नेछ ।

सो शौचालयको डिजाइनले पानीको बचत गर्नुका साथै वातावरणमैत्री र ल्याण्डरभित्र गन्धरहित तथा जिबाणुरहित किसिमको हुनुपर्ने छ ।

त्यसैगरि त्यसमा अन्तरिक्ष यात्रीहरुले वान्ता गर्नुपर्ने भएको खण्डमा शौचालयमा टाउको नराखीकन नै गर्न सक्ने डिजाइनलाई थप अंक दिईनेछ ।

चन्द्रमामा प्रयोग गरिने शौचालयको डिजाइन अवधारणा आगामी अगस्ट १७ तारिखभित्र नासालाई पठाउनुपर्नेछ भने अक्टोबरमा बिजेता घोषणा गरिनेछ ।

चन्द्रमामा प्रयोग गरिने उक्त शौचालयको उपयुक्त डिजाइन पठाउनलेलाई नासाले पुरस्कार समेत दिइने जनाएको छ । बिजेतालाई कुल ३५ हजार अमेरिकी डलर अर्थात करिब ४२ लाख रुपैयाँ नगद दिइने नासाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ४४ बजे

बागमतीमा एकै दिन तीन वटा शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै