सलमान खानलाई फ्यानले किन गाली गरिरहेका छन् ? « Khabarhub

सलमान खानलाई फ्यानले किन गाली गरिरहेका छन् ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ । बलिउडमा गुटबन्दी र नातावाद हाबी भएको भन्दै टिप्पणी हुन थालेको छ ।

फ्यान तथा केही सेलिब्रेटीले आलिया भट, सोनाक्षी सिन्हा, करण जोहर लगायतका सेलिब्रेटीले गुटबन्दी गरेको र अरु कलाकारलाई पाखा लगाएको आरोप लगाएका छन् ।

बलिउड अभिनेता सलमान खानलाई पनि फ्यानले गाली गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आलिया भट, सोनाक्षी सिन्हा लगायतले कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

हालै सलमानले इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका थिए । उनले वर्कआउट गरेपछिको तस्वीर शेयर गरेका छन् ।

उक्त तस्वीरमा फ्यानले सलमानलाई नराम्रोसँग गाली गरेका छन् । अक्सर सलमान खानले यसरी तस्वीर शेयर गर्दा फ्यानले तारिफ गर्ने गर्थे ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि भने उनलाई गाली गर्ने फ्यानको संख्या बढेको छ ।

कतिले त सलमान खानमै ‘खुनी’ भनेरै कमेन्ट छोडेका छन् । सलमान खानको उमेर बूढो भइसकेको आरोप फ्यानले लगाएका छन् ।

उनको तस्वीरमा सकारात्मकभन्दा बढी नकारात्मक कमेन्ट आइरहेका छन् । धेरैले अब सलमान खानलाई ‘रिजेक्ट’ गर्नेसमेत बताएका थिए ।

केहीले भने नकारात्मक सोच भएका व्यक्तिबाट टाढा रहन सलमानलाई सुझाएका पनि छन् ।

बलिउडमा प्रायः चर्चामा रहने सलमान खानले केही समयअघि लकडाउनका बेला एक म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सुशान्तले गत जुन १४ मा झुण्डिएर आत्महत्या गरेपछि सुशान्तका फ्यान सलमानमाथि खनिएका छन् । सामाजिक सञ्जालमा उनका फलोअर पनि घटेका छन् ।

 

View this post on Instagram

 

Just finished working out ….

A post shared by Salman Khan (@beingsalmankhan) on

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ०६ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको