काठमाडौं उपत्यकामा पनि देखियो सलह « Khabarhub

काठमाडौं उपत्यकामा पनि देखियो सलह


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबार नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखिएको छ । शनिबार तराईका विभिन्न जिल्लामा देखिएको सलह किरा आइतबार काठमाडौं उपत्यकामा पनि देखिएको विज्ञहरुले बताएका छन् ।

सलह किरा मकवानपुरबाट ललितपुरको प्युटारलगायतका विभिन्न स्थानमा देखिएको छ । नेपालमा प्रवेश गरेको सलहको झुण्ड सानो भएकाले सतर्क रहन तर धेरै नआत्तीन विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेको थियो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टोलीको बैठक जारी छ ।

हिजै प्रदेश ५ सरकारले भने राति बास बसेका सलह किरा संकलन गरी बुझाएमा प्रतिकिलो २० रुपैयाँ दिने जनाएको थियो ।

विष हालेर नमारौं सलह- कृषिविद राई
सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्। ‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ।

कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : २९ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी