काठमाडौं उपत्यकामा पनि देखियो सलह « Khabarhub

काठमाडौं उपत्यकामा पनि देखियो सलह


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबार नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखिएको छ । शनिबार तराईका विभिन्न जिल्लामा देखिएको सलह किरा आइतबार काठमाडौं उपत्यकामा पनि देखिएको विज्ञहरुले बताएका छन् ।

सलह किरा मकवानपुरबाट ललितपुरको प्युटारलगायतका विभिन्न स्थानमा देखिएको छ । नेपालमा प्रवेश गरेको सलहको झुण्ड सानो भएकाले सतर्क रहन तर धेरै नआत्तीन विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेको थियो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टोलीको बैठक जारी छ ।

हिजै प्रदेश ५ सरकारले भने राति बास बसेका सलह किरा संकलन गरी बुझाएमा प्रतिकिलो २० रुपैयाँ दिने जनाएको थियो ।

विष हालेर नमारौं सलह- कृषिविद राई
सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्। ‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ।

कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : २९ बजे

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

कीर्तिपुर- नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा