सरकारलाई कांग्रेसको सुझाव - सलहको क्षति कम गर्न गम्भीर बन | Khabarhub Khabarhub

सरकारलाई कांग्रेसको सुझाव – सलहको क्षति कम गर्न गम्भीर बन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको क्षति कम गर्ने कदम चाल्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरणको उचित उपाय निकाल्न आग्रह गरेको हो ।

पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो ।

सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ ।

काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्तिमा लेखेका छन् ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’

नेपालको प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा शनिबार सलह प्रवेश गरेको छ ।

कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २१ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु