सलह कीराबारे बुझ्न प्रदेश अन्तर्गतका प्राविधिक टोली फिल्डमा « Khabarhub

सलह कीराबारे बुझ्न प्रदेश अन्तर्गतका प्राविधिक टोली फिल्डमा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिवार बिहान भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि त्यसको न्युनीकरणमा सरकार अघि बढेको छ ।

शनिवार बिहान ८ बजेतिर बारा जिल्लामा सलह कीरा देखिएको थियो । यी कीरा झुण्डमा बाडिएर फरक फरक जिल्लातर्फ प्रवेश गरिरहेका छन् । हिजो मात्रै करिब २ घण्टाको फरकमा कीराहरु पर्सा, रुपन्देही, सर्लाही, सिन्धुली लगायतका जिल्लामा पुगेका थिए ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सलह कीराको नेपालमा प्रवेश गरेपछि तत्काल शनिवार दिउसो भर्चुअल बैठक राखेको थियो । जसमा यस कीराको न्युनीकरणका लागि तत्काल केके गर्न सकिन्छ भन्ने बारे समेत छलफल भएको सलह कीरा आगमन तथा व्यवस्थापनसम्बन्धी प्राविधिक कार्यदलले जनाएको छ ।

प्रदेश मन्त्रालय अन्तगर्तका प्राविधिकहरु सलह कीराबारे बुझ्नका लागि फिल्डमा खटिरहेको कार्यदलका संयोजक सहदेव प्रसाद हुमागाइले खबरहबलाई जानकारी दिए ।

कीराको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालित भइसककेका छन्, उनले भने, बेलुकासम्म प्राविधिकमार्फत सबै रिपोर्टहरु आइपुग्छ । त्यससँगै कति जिल्लामा पुगे र कुन समय कहाँ यसको न्युनीकरण गर्ने भन्नेबारे अघि बढ्ने छौं ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २४ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी