राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो) « Khabarhub

राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो)


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खड्का र निती शाहको अभिनय रहेको ‘जय जय नेपाल’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतलाई अभिनेता खड्काले ‘राष्ट्रका लागि कलाकारका रुपमा योगदानको प्रयास’ का रुपमा हेरेका छन् ।

शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ ।

राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् ।
यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ ।

यसअघि ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा प्रद‍ीपसहित अन्य सेलिब्रेटीलाई फिचरिङ गरिएको थियो ।

यो गीतका शब्द अशोक शेरचनले लेखेका हुन् भने एलिस कार्कीले संगीत दिएका हुन् । साथै संगीत संयोजन शैलेन्द्र एम प्रधानले गरेका हुन् ।

मेचीदेखि कालीसम्म एउटै आवाज गुञ्जिने र हामी सबैलाई सिंगो देश चाहिने भावना गीतमा प्रस्तुत गरिएको छ भने गीतको भिडियोलाई नितिन चन्दले निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ४४ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए