सुदूरपश्चिममा सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने « Khabarhub

सुदूरपश्चिममा सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले सुदूरपश्चिममा सहल किराको प्रभाव नदेखिए पनि पूर्व सावधानी अपनाउँदै यस्तो निर्णय गरिएको जानकारी दिए ।

उनले अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव नपरेको जानकारी दिए यदि सलहको प्रकोप देखिएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरिएको बताए ।

मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

शनिबारबाट नेपालमा प्रवेश गरेको सलह नियन्त्रणका लागि यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।

बारा, पर्सा, रौतहट, रुपन्देही लगायतका तराईका जिल्लामा शनिबार विहान देखा परेको सलह पाल्पामा समेत देखिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ३१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको