सुदूरपश्चिममा सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने « Khabarhub

सुदूरपश्चिममा सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले सुदूरपश्चिममा सहल किराको प्रभाव नदेखिए पनि पूर्व सावधानी अपनाउँदै यस्तो निर्णय गरिएको जानकारी दिए ।

उनले अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव नपरेको जानकारी दिए यदि सलहको प्रकोप देखिएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरिएको बताए ।

मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

शनिबारबाट नेपालमा प्रवेश गरेको सलह नियन्त्रणका लागि यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।

बारा, पर्सा, रौतहट, रुपन्देही लगायतका तराईका जिल्लामा शनिबार विहान देखा परेको सलह पाल्पामा समेत देखिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ३१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्