१८ लाख रुपैयाँसहित महोत्तरीमा तीन पक्राउ « Khabarhub

१८ लाख रुपैयाँसहित महोत्तरीमा तीन पक्राउ


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले १८ लाख नगदसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख रुपैयाँ, सो मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार रुपैयाँ र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताए ।

पक्राउ परेका तीनै जनालाई नगद र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ०५ बजे

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका