पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमितमा एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् । उनीहरुमध्ये केहीमा कोरोनाको लक्षण पनि रहेको डाक्टर सिंहको भनाइ छ ।

बारा, पर्सालगायत प्रदेश २ का जिल्लाहरुमा नयाँ कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको सिंहले जानकारी दिए ।

उनका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा हाल ६१ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेश २ का जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण देखिएको उनले बताए ।

समुदायमा कोरोना संक्रमण देखिएको भन्दै प्रदेश २ का जिल्लाहरुमा एक घर एक व्यक्तिको कोरोना परीक्षण शुरू भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड