पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण « Khabarhub

पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमितमा एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् । उनीहरुमध्ये केहीमा कोरोनाको लक्षण पनि रहेको डाक्टर सिंहको भनाइ छ ।

बारा, पर्सालगायत प्रदेश २ का जिल्लाहरुमा नयाँ कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको सिंहले जानकारी दिए ।

उनका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा हाल ६१ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेश २ का जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण देखिएको उनले बताए ।

समुदायमा कोरोना संक्रमण देखिएको भन्दै प्रदेश २ का जिल्लाहरुमा एक घर एक व्यक्तिको कोरोना परीक्षण शुरू भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ३५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा