प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु « Khabarhub

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता विनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा परिसरमा सुरु भएको छ ।

प्रथम अध्यक्ष ओलीले स्थगन गरेको आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेका हुन् । यसअघि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले केही बेर ओलीलाई भेटेका थिए ।

एक सदस्यले बैठकमा बहुमत सदस्य सहभागी रहेको बताए । ओली पक्षका एक नेताले भने केही सदस्यहरु बैठक कक्षमा रहेको भन्दै बैठक सुरु भएको र त्यहाँ बहुमत सदस्य उपस्थित रहेको भन्ने कुरा अस्वीकार गरे ।

बैठकमा २७ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको ती सदस्यले बताए । ती सदस्यका अनुसार महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा उपस्थित भएका छन् ।

लामो समयदेखि नेकपाभित्र विवाद चर्किँदै गएको छ । विवादका कारण पटक–पटक बस्ने भनिएको स्थायी कमिटी बैठक सर्दै आएको थियो ।

मंगलवार (आज) पनि प्रधानमन्त्री ओलीले प्रचण्डसहित कुनै पनि नेतासँग छलफल नगरी बैठक स्थगित गरेका थिए ।

केही समययता प्रचण्डलगायत शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चर्किएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ३२ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा