खेलाडीको अभ्यास नहेरि प्रदर्शनबारे भन्न सकिन्न – प्रशिक्षक कालिन « Khabarhub

खेलाडीको अभ्यास नहेरि प्रदर्शनबारे भन्न सकिन्न – प्रशिक्षक कालिन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले घरेलु मैदानमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोटमा राम्रो गर्न कोसिस गर्ने बताएका छन् ।

कालिनले घरेलु मैदानमा राम्रो गर्ने कोसिस गर्ने बताएका हुन् । कोरोना भाइरसका कारण ४ महिनाभन्दा बढी समय खेलाडीहरु घरमा बस्दा फिटनेसदेखि प्रदर्शनमा असर पर्ने तिर लक्षित गर्दै कालिनले भने, ‘अहिले टोलीको प्रदर्शन कस्तो हुन्छ भनेर भन्न सकिन्न । मैदानमा खेलाडीको खेल नहेरिकन भन्न सकिन्न ।’

तर, खेलाडीहरु घरेलु मैदानमा खेल्न आतुर रहेको र उयनीहरुले आफ्नो राम्रो खेल दिनेमा उनी विश्वस्त छन् ।

‘खेलाडी मेहनत गर्छन् । आशा छ उनीहरुले राम्रो तयारी गर्नेछन्,’ कालिनले खबरहबसँग भने । नेपालमा कोरोना भाइरसको जोखिम देखिएपछि सरकारले खेल गतिविधि नगर्न पत्राचार गरेपछि कालिन स्वीडेनस्थित आफ्नो घर फर्किएका छन् ।

स्वीडेनमा रहेका कालिन अब नेपालले अन्तर्राष्ट्रिय उडान सुरु हुने दिन कुरेर बसिरहको बताएका छन् ।

‘काठमाडौं फर्किने दिन कुरेर बसेको छु । कहिले आउने भन्ने निश्चित छैन,’ कालिनले भने । नेपाली फुटबल टोलीको अभ्यास भदौ १ देखि सुरु हुने तय भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ५८ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज