लकडाउन खुलेसँगै काठमाडौं फर्किन थाले खेलाडी « Khabarhub

लकडाउन खुलेसँगै काठमाडौं फर्किन थाले खेलाडी


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु काठमाडौं आउनेक्रम शुरु भएको छ । हिजो (सोमबार) सम्म राष्ट्रिय टोलीका १८ जना खेलाडी काठमाडौं पुगिसेकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तरगत संयुक्त छनोट अन्तरगतको घरेलु खेलका लागि भदौ १ देखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यास सुरु गर्ने तयारी गरिरहेको छ ।

त्यसका छनोट खेल्ने प्रारम्भिक टीमका ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । फागुनको तेस्रो साता विश्वकप छनोटको अभ्यास सुरु गरेपनि नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिमले गर्दा अभ्यास बन्द भएको थियो ।

कोरोनाको जोखिम कम नभए पनि फिफाले खेल तालिका सार्वजनिक गरेसँगै एन्फाले राष्ट्रिय टोलीको तयारी सुरु गर्ने तयारी गरेको हो ।

काठमाडौं बाहिर रहेका खेलाडीहरुमध्ये सबैभन्दा टाढा रहेका विभागिय टोली नेपाल आर्मीका जर्ज प्रिन्स कार्की सुर्खेतमा छन् । ‘प्रिन्स सुर्खेतमा छन् । प्रिन्स आर्मीको गाडीमा आउने कुरा छ । त्यो नभए हामीले (एन्फा) ले गाडी हायर गरेर आउन भनेका छौं,’ व्यवस्थापक उपाध्यायले भने ।

एन्फाले सबै ३४ जना खेलाडीलाई साउन १६ गतेसम्म काठमाडौं आइसक्ने पत्राचार गरिसकेको छ । खेलाडीको कोरोना परिक्षण साउन १७ गते पाटन अस्पतालमा हुनेछ । यस्तै, खेलाडीहरु साउन १७ देखि ३० गतेसम्म क्वारेन्टाइनमा रहनेछन् भने भदौ १ देखि अभ्यास सुरु हुनेछ ।

विश्वकप छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ । नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ ।

छनोट खेल अक्टोबर ८ देखि शुरू हुने तय भएको छ । छनोटको समूह ‘बी’मा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जीत र चार हारसहित ३ अंक जोडेको छ।

एन्फाले किरण चेमजोङ, विकेश कुथु, विशालल श्रेष्ठ , दीप कार्की, रञ्जित धिमाल, सुमन अर्याल, सरोज दाहाल, अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, तेज तामाङ, विशाल राई, विक्रम लामा, सुभास गुरुङ, मिक्चेन तामाङ, सुजल श्रेष्ठलाई अभ्यासका लागि बोलाएको छ ।

त्यसैगरी अभ्यासका लागि बोलाइकाहरुमा रविशंकर पासवान, सुनिल वल, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अमित तामाङ, छिरिङ गुरुङ, विकास खवास, तिलेन लोप्तान, शेसेहाङ आङदम्वे, पूजन उपरकोटी, एरिक बिष्ट, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, आशिष लामा र विमल राना छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ५२ बजे

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर