राप्रपा छाडेका सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश « Khabarhub

राप्रपा छाडेका सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलवार (आज) दिउँसो एक बजे सानेपामा आयोजित कार्यक्रमका बीच पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताले स्वागत गरेका थिए ।

सभापति देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापा छोरा सुनिल थापाले कार्यकर्तासहित राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेसमा सहमहामन्त्री बनाउने सहमति भएको छ ।

शनिवार थापासहित ३१ जना नेताले राप्रपाबाट राजीनामा दिएका थिए । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएकोमा उनको समूह असन्तुष्ट थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : १८ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले