चेल्सीका समर्थकद्वारा फुटबल प्रशिक्षक खड्गी सम्मानित « Khabarhub

चेल्सीका समर्थकद्वारा फुटबल प्रशिक्षक खड्गी सम्मानित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्टर्स क्लबले पूर्व फुटबलर तथा प्रशिक्षक सल्यान खड्गीलाई सम्मान गरेको छ।

समूहले एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच खड्गीलाई सम्मान गरेको हो।

चेल्सी नेपालले खड्गीलाई चेल्सी क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकले हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले हस्तान्तरण गरेका हुन्।

प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए।

उनले भने,’ हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप उर्जा मिलेको छ ।’

त्यसैगरी अखिल नेपाल फुटबल संघ(एन्फा)का अधक्ष कर्मा छिरिङ्ग शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए ।

प्रशिक्षक खड्गीले गत साता मात्र एएफसी ए लाइसन्स कोचिङ कोर्स पूरा गरेका थिए। उनी प्रशिक्षकको रुपमा संकटा क्लबमा रहँदा क्लब २०७५ शहीद समराक ए डिभिजन लिगमा दोस्रो भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : २२ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर