प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।

नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्।

पार्टीभित्रको विवाद चर्किएका बेला ओली र गौतमबीच भेट भएको हो । तर गौतमको सचिवालयले दुई नेताबीचको भेट राजनीतिक उद्देश्यले नभएको दाबी गरेको छ ।

‘प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पारिवारिक भेटघाटका क्रममा पुग्नुभएको हो । उक्त भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियो’ उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्‍वमणि सुवेदीले भने, ‘केही समसामयिक विषयमा अनौपचारिक कुरा भए पनि भेटको उद्देश राजनीतिक होइन ।’

प्रधानमन्त्री फर्किएपछि गौतम निवासमा नेकपा महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमबीच पनि छुट्टै छलफल भएको जनाइएको छ ।

ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबी विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल-नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

गौतम निवासमा प्रधानमन्त्री ओली केही तस्वीर

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ३५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली– भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २०

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट