स्पेनिस गोलरक्षक पेपे लाजियोमा अनुबन्ध « Khabarhub

स्पेनिस गोलरक्षक पेपे लाजियोमा अनुबन्ध


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इटालियन सिरी ‘ए’ क्लब लाजियोले गोलरक्षक पेपे रिनालाई अनुबन्ध गरेको छ ।

स्पेनिस गोलरक्षक पेपेलाई लाजियोले एसी मिलानबाट अनुबन्ध गरेको हो ।

लाजियोले ३७ वर्षीय गोलरक्षकसँग २ वर्षको सम्झौता गरेका छन् ।

लाजियोले उनको सम्झौता रकम भने खुलाएको छैन ।

विश्वकप विजेता गोलरक्षक पेपेले गत सिजन भने लोनमा एस्टन भिल्लाबाट खेलेका थिए ।

पेपे सन् २०१८ मा नापोलीबाट मिलान आएका थिए ।

त्यसअघि उनले बायर्न म्युनिख, लिभरपुल र बार्सिलोनाबाट समेत खेलेका थिए ।

स्पेनले सन् २०१० को विश्वकप जित्दा पेपे टिममा रहेका थिए ।

यस्तै स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा उनी टिममा थिए ।

उनले क्लब करियरमा जर्मन बुन्डेसलिगा, कोपा इटालिया, एफए कप, कम्युनिटी शिल्ड लगायतका उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ६ : १८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६