७४८ डोज रेम्डिसिभिर नेपाल आइपुग्यो, थप ल्याइँदै « Khabarhub

७४८ डोज रेम्डिसिभिर नेपाल आइपुग्यो, थप ल्याइँदै


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका लागि  प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी पाएका तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरूमा कोरोनाको गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि विश्व स्वास्थ्य सङ्गठनले समेत राम्रो रहेको भनेको रेम्डिसिभिरको नेपालमा आयातको लागि तीनवटा कम्पनीलाई अनुमति दिएको र ती कम्पनीले औषधि ल्याउन शुरु गरेको बताए ।

नेपालमा सो औषधि आयात गर्नको लागि अनुमति पाएका तीनवटा कम्पनीमध्ये हरेक कम्पनीलाई दुई-दुई हजार डोज औषधि ल्याउने अनुमति दिएसँगै ७४८ भाइल औषधि नेपाल आइपुगेको छ । अर्को कम्पनीले भने औषधि ल्याउने क्रममा रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता केसीले बताए ।

यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अहिले केही बिरामीलाई परीक्षणका रुपमा दिन शुरु गरिएको र तत्कालका लागि एक सय जना जतिका लागि आवश्यक हुने अनुमानका आधारमा हामीलाई एक हजारदेखि १५ सय डोजसम्म आवश्यक हुन सक्ने बताए ।

त्यस्तै, बङ्गलादेशबाट पनि पाँच हजार डोज औषधि आउन लागेको भन्ने सम्बन्धमा औषधि व्यवस्था विभागलाई अनौपचारिक जानकारी भए पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रवक्ता केसीले बताए ।

अहिले नेपालमा गम्भीर अस्थामा रहेका बिरामीको पनि चिकित्सकले अवस्था हेरेर मात्र यो औषधि चलाउन सिफारिस गर्ने हुँदा अहिलेको मागलाई धान्न सक्ने र अर्को कम्पनीले पनि छिट्टै औषधि ल्याउने हुँदा बिरामीका समस्या नहुने उनले बताए ।

बुधबारसम्म १७ जना बिरामी आइसीयूमा उपचार गराइरहेका छन् । आइसीयूमा भर्ना भएका सबैलाई यो औषधि दिनैपर्छ भन्ने पनि नरहेको चिकित्सकहरू बताउँछन् । यो समाचार आजको गोरखापत्रले छापेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ४२ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई