म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित « Khabarhub

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

फ्रान्सेली मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् ।

कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए ।

तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ ।

कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।

उनले युनाइटेडको प्रि-सिजन तयारी पनि गुमाउने भएका छन् ।

कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ ।

यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ६ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस