कतारबाट १० हजार बढी नेपाली स्वदेश फिर्तीको पर्खाइमा « Khabarhub

कतारबाट १० हजार बढी नेपाली स्वदेश फिर्तीको पर्खाइमा



दोहा : कोरोना महामारी लगायत विविध कारणले कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै १० हजार भन्दा बढी रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यसअघि कतारबाट स्वदेश फर्किन विभिन्न माध्यमबाट फारम भरेका ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची सार्वजनिक गरेको थियो ।

दूतावासमार्फत नेपाल फर्कन ५ हजार ७ सय ५७ जना र कोरोनाका कारण कम्पनीले कामदार कटौती तथा कम्पनी बन्द भएपछि कतारका विभिन्न कम्पनीहरुले ३ हजार ६ सय २८ जना नेपाल कामदारलाई पठाउन विवरण दूतावासलाई उपलब्ध गराएको थियो ।

अहिले रोजगारी गुमाउने नेपालीको संख्या बढेको कारण स्वदेश फर्किनेहरुको संख्या १० हजार भन्दा बढिरहेको
दूतावासका द्वितीय सचिव भुवनप्रसाद भट्टले बताए ।

कोरोना महामारी शुरु भएपछि नेपाल फर्किन चाहने नेपालीको संख्या धेरै भएपछि अहिलेसम्म विभिन्न उद्धार उडानमार्फत ५ हजार ५ सय १७ जना नेपाली स्वदेश फर्किसकेको उनले बताए ।

दूतावासका अनुसार अब अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । सो उडानमार्फत प्राथमिकतामा परेकाहरुको उद्धार गरिने जनाएको छ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको ।

स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाडौंमा होटल क्वरेन्टिनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर पीसीआर रिपोर्ट नलिइ गएकाले काठमाडौंमा आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नु पर्ने समेत दूतावासले जनाएको छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तिमा ७ दिनको होटेल खर्च पनि आफैले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने जनाइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ५२ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,