कोरोना संक्रमित झापाका ८३ वर्षीय वृद्धको मृत्यु « Khabarhub

कोरोना संक्रमित झापाका ८३ वर्षीय वृद्धको मृत्यु



झापा- झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३, केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज बिहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती वृद्ध पनि संक्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।

केर्खा बजार वरपर अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका