काठमाडौं उपत्यकामा ३ सयभन्दा बढी होस्टल बन्द | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ३ सयभन्दा बढी होस्टल बन्द

सहुलियत कर्जाका लागि सरकारलाई अनुरोध


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा विद्यार्थीहरूका सामूहिक बसाइका लागि खुलेका होस्टलहरू कोरोना भाइरसका कारण संकटमा परेका छन् ।

नेपाल सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनका कारण होस्टलमा बस्ने विद्यार्थीहरू घर फर्केपछि सबैजसो होस्टलहरू बन्द छन् । लामो बन्दका कारण व्यवसाय नै नचल्ने अवस्था उत्पन्न भएको छ ।

शैक्षिक संस्थाहरू बन्द भएपछि टाढाका विद्यार्थीहरू घर फर्किए । यता होस्टल सञ्चालकहरू घरभाडा तिर्न नसेकेर बिलखबन्धनमा परेका छन् । होस्टलहरू लकडाउन सुरु भएदेखि नै बन्द छन् । घरभाडा तिर्न नसकेपछि कतिपय व्यवसायीहरूले स्थायीरूपमै व्यवसाय छाडेका छन् ।

लामो लकडाउन र अनिश्चित भविष्यका कारण होस्टल व्यवसायीहरू समस्यामा परेका छन् । होस्टल संघका पूर्वमहासचिव गोविन्द गिरीका अनुसार अहिले काठमाडौंका करिब तीन सय वटा होस्टलहरू बन्द भएका छन् ।

उनले भने, ‘जसका घरधनीले ५० प्रतिशत भाडा छुट गरेर अवस्था सामान्य भएपछि किस्तामा तिर्न छुट दिएका छन्, त्यस्ता होस्टलहरू मात्रै सञ्चालनमा छन् ।

उनका अनुसार घरधनीहरूले कुनै छुट नदिई भाडा मागेको अवस्थामा होस्टलहरू स्थायी रूपमै बन्द भएका छन् । ‘कतिपय होस्टल व्यवसायीहरूले सधैँका लागि व्यवसाय नै छोडेका छन्,’ गिरीले खबरहबसँग भने, ‘कतिपयले सञ्चालकहरूले एउटा छाडेर अर्कोमा सामान राखेर मिलेर भाडा तिरेका छन् ।’

कोरोना माहामारी चाँडै अन्त्य हुने नदेखिएपछि कतिपय व्यवसायीहरूले होस्टलका सामग्री कवाडीको भाउमा बेचेर हिँडेको पनि गिरीले बताए । मेरिगोल्ड गल्र्स होस्टल, पुतलीसडकका सञ्चालक गिरीले केन्द्र र स्थानीय सरकारसँग होस्टल सञ्चालनका लागि केही माग राखेको बताए ।

‘सरकारले होस्टल धरौटी राखेर सहुलियत कर्जा दिने वातावरण सिर्जना गरिदिनुपर्छ,’ उनले भने, ‘आखिर होस्टलले पनि सीमित रकममा दक्ष जनशक्ति उत्पादनमा सहयोग गरेका छन् नि, अहिले होस्टललाई असजह हुँदा राज्यले पनि हेर्नुपर्छ ।’

त्यस्तै, होस्टल व्यवसायीलाई परेको मर्का बुझेर सहयोग गर्न घरधनीहरूलाई पनि उनले आग्रह गरेका छन् । व्यवसायीले व्यवसायबाट आर्जन गरेर नै घरभाडा तिर्ने हुन् भन्ने कुरा घरधनीहरूले बुझ्नुपर्ने उनको भनाइ छ ।

६ हजारभन्दा बढीको रोजगारी गुम्यो

होस्टल व्यवसाय धरापमा परेपछि यस क्षेत्रमा आबद्ध ६ हजारभन्दा बढी मानिसको रोजगारी गुमेको गिरीको भनाइ छ । उनकाअनुसार एउटा होस्टलले न्युनतम ५ जना कर्मचारी राखेका थिए ।

उनले भने, ‘काठमाडौं उपत्यका र बाहिर गरी १ हजार २ सय होस्टलहरू थिए, तिनमा काम गर्ने सबै कर्मचारीहरूको रोजगारी गुमेको छ ।’

पाँच महिनायता सबै होस्टलहरू रित्ता छन् । छिटै लकडाउन खुल्ने अनुमान गरेर बसेका र चाहेर पनि घर फर्कन नसकेकाहरू मात्रै होस्टलमा बसेको गिरीले बताए ।

काठमाडौं उपत्यकामा होस्टल व्यवसाय निकै फस्टाएको थियो । कोठा भाडामा लिएर बस्नुभन्दा होस्टलको बसाइ सुविधाजनक र सस्तो पनि हुने भएकाले विद्यार्थीहरू होस्टल रुचाउँथे ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : २२ बजे

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक