जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा « Khabarhub

जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा

भने : मेरो स्वास्थ्य अवस्थाले सरकारको काममा असर पर्नु हुँदैन


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।

आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् ।

आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।

बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य समस्या बढ्दै गएको बताएका छन् । उनले आफू निरन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न असमर्थ हुने पनि बताएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको