६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल सेवा सुरु गरिने « Khabarhub

६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल सेवा सुरु गरिने


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् ।

मन्त्री ढकालले शुक्रबार अस्पताल नभएका ६४९ वटा स्थानीयत तहमा ५ शय्याको अस्पतालको सेवा शुरु गर्ने निर्णय गरेका हुन् ।

स्थानीयत तहमा अस्पताल संचालनको लागि ६४ करोड रुपैयाँ निकासा गरिएको छ ।

स्थानीयत तहमा संचालन हुने असपतालमा कम्तिमा एक जना एमबीबीएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने स्थानको निर्णयको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ ।

यस्तै निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले नीतिगत निर्णय समेत गरेको छ ।

यस्तै कोरोना संक्रमणको दर बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालमा एक हजार वेडको शय्या थप गर्ने, प्रदेश अस्पतालहरुमा १ हजार ९ सय ५७ वटा वेड थप गर्ने निर्णय समेत गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ७ : ०९ बजे

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच