६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल सेवा सुरु गरिने « Khabarhub

६४९ स्थानीय तहमा ५ शय्याको अस्पताल सेवा सुरु गरिने


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् ।

मन्त्री ढकालले शुक्रबार अस्पताल नभएका ६४९ वटा स्थानीयत तहमा ५ शय्याको अस्पतालको सेवा शुरु गर्ने निर्णय गरेका हुन् ।

स्थानीयत तहमा अस्पताल संचालनको लागि ६४ करोड रुपैयाँ निकासा गरिएको छ ।

स्थानीयत तहमा संचालन हुने असपतालमा कम्तिमा एक जना एमबीबीएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने स्थानको निर्णयको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ ।

यस्तै निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले नीतिगत निर्णय समेत गरेको छ ।

यस्तै कोरोना संक्रमणको दर बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालमा एक हजार वेडको शय्या थप गर्ने, प्रदेश अस्पतालहरुमा १ हजार ९ सय ५७ वटा वेड थप गर्ने निर्णय समेत गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ०९ बजे

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर