लमजुङमा कार्यरत १२ प्रहरीसहित गण्डकीमा थपिए २० संक्रमित  « Khabarhub

लमजुङमा कार्यरत १२ प्रहरीसहित गण्डकीमा थपिए २० संक्रमित 


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएको हो  । नयाँ संक्रमितहरु लमजुङका १६ जना र नवलपरासी पूर्वका ४ जना रहेका छन् ।

संक्रमित मध्ये १२ जना बेशीसहरमा कार्यरत नेपाल प्रहरीका जवान रहेका छन् भने एक जना थुनुवा रहेका छन् । त्यस्तै एक जना महिला बेशीसहर सामुदायिक अस्पतालका कर्मचारी रहकी छन् । त्यस्तै एक जान नवलपरासी पूर्व, देवचुली-१ कि ५४ बर्षिय महिला स्वास्थ्यकर्मी रहेकी छन् ।

बाँकी अन्य सबै कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ भने निको हुने दर ८४.६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २०५६ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ७ : २७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस