पोखरामा निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर प्रणाली « Khabarhub

पोखरामा निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर प्रणाली


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । कास्की प्रशासनले आदेश जारी गर्दै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जनाएको छ ।

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो  । पहिलोपटक ७ गतेसम्मलाई लागू भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो ।

आज प्रशासनले आदेश जारी गर्दै यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ । ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ ।

‘ती साधनहरु बिहान ६:०० बजे देखि साँझ ८: ०० बजेसम्म सञ्चालन गर्न सकिने, ‘प्रशासनको आदेशमा भनिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले यो आदेश जारी गरेका हुन् ।

जारी आदेशमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

होटल तथा रेस्टुरेन्टहरु सञ्चालनको हकमा टेक अवे सेवा मात्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

प्रशासनले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न, पटकपटक साबुन पानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न पनि भनेको छ ।

यस्तो छ प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ४६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी