अहिलेसम्म खेलाडी र पदाधिकारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

अहिलेसम्म खेलाडी र पदाधिकारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलकुद क्षेत्रका खेलाडीदेखि पदाधिकारीसम्म गरी हालसम्म ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नेपाल ओलम्पिक कमिटिका महासचिवसहित ३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमीतको संख्या ४६ पुगेको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका खेलाडी र अफिसियल रहेका छन् । जसमा २९ जना खेलाडी र ७ जना अफिसियलमा संक्रमण पुष्टि भएको बताइएको छ ।

३७ जनामध्ये ८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । एपीएफका संक्रमितमा डब्लुटिफ, कराते, भलिबल, ह्यान्डबल र फुटबलका खेलाडी रहेको एपीएफ स्रोतले जानकारी दिएको छ ।

एपीएफले दक्षिण सीमा सुरक्षामा पठाएका मध्ये ३६ जनामा कोरोना देखिएको थियो। यस्तै, अन्यमा स्क्वास खेलका उपाध्यक्ष र मुख्य प्रशिक्षक रहेकामा कोरोना पुष्टि भएको छ भने नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिवसहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) मा २०० जनाको परीक्षण गर्दा एनओसीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, प्रदेश २ मा रहेका युवा क्रिकेटहरु २ जनामा पनि संक्रमण देखिएको बताइएको छ । राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना संक्रमण देखिएको हो ।

अहिले नेपालमा कोरोना संक्रमीतको संख्या भने ३६ हजार ४ सय ५६ जनामा पुष्टि भइसकेको छ । कोरोनाकै कारण नेपालमा १ सय ९५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ८ : ०४ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण