प्रदेश-२ मा मात्रै कोरोनाले ज्यान गुमाउनेको संख्या ७७ पुग्यो « Khabarhub

प्रदेश-२ मा मात्रै कोरोनाले ज्यान गुमाउनेको संख्या ७७ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एक-एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ ।

प्रदेश २ मा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।

आज थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९ हजार ६३० पुगेको छ ।

तीमध्ये आज १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या ४ हजार ६४८ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १० : ४५ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।