नेपाल आइडल सिजन-३ को विजेता बनिन् सज्जा चौलागाईं « Khabarhub

नेपाल आइडल सिजन-३ को विजेता बनिन् सज्जा चौलागाईं


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् ।

यसैगरी फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको  थयो ।

नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जाले ले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । उनका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १० : १३ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न