युएईमा अलपत्र नेपालीको चित्कार (भिडियोसहित) « Khabarhub

युएईमा अलपत्र नेपालीको चित्कार (भिडियोसहित)



दोहा– युनाइटेड अरब इमिरेट्स (युएई) मा विगत सात महिनादेखि अलपत्र नेपाली परेका १७ जना नेपाली भोकभोकै सडकमा बस्न बाध्य भएका छन् ।

स्वदेश फर्किन दुबई विमानस्थल पुगेपछि जरिवाना तिर्न नसकेर विमानस्थलमै अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युएईले खानबस्नको व्यवस्था गरेको थियो ।

हालै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाले अब पाल्न नसक्ने भन्दै कोठा छोडेर जना दबाब दिएको पीडितहरूले बताएका छन् ।

यसघि उद्धार गरेर राखे पनि अहिले हामी केही गर्न सक्दैनौँ भन्दै खान समेत बन्द गरेर एनआरएनएका प्रतिनिधिहरू सम्पर्कविहीन भएको रुकुमका नवीन परियारले बताए ।

https://www.facebook.com/khabarhubofficial/videos/766167434198041/?t=1

उनले भने, ‘विमानस्थलबाट उद्धार गरेको गैरआवासीय नेपाली संघले पनि हाम्रो साथ छोड्यो, अब कहाँ जानु, नेपाली दूतावासमा फोन गर्ने पैसा पनि छैन,’ नवीनले भने, ‘हामीलाई दूतावाससम्म पु¥याइदिनू, दूतावास र नेपाल सरकारले उद्धार गर्न सकेनन् भने प्रहरीलाई जिम्मा दिनु, युएई सरकारले जे गर्छ भोग्न तयार छौँ ।’

उनीहरूका अनुसार गत अगस्ट १० तारिखमा नेपाल फर्किन विमानस्थल पुगेको र सबै लगेज विमानस्थलमै छोडिएकोले शरीरमा लगाएको बाहेक अर्को लुगा पनि छैन । विमानस्थलबाट फर्केको साढे एक महिनाभन्दा बढी भइसकेको छ ।

‘घरबाट कहिले आउने भनेर फोन गर्छन्’ अर्घाखाँचीका कृष्णबहादुर गन्धर्वले खबरहबसँग भने, ‘हामीले के जवाफ दिने, अब हामीलाई नेपाल सरकारले उद्धार गर्न चासो दिएन भने हाम्रो एकमात्र विकल्प सामूहिक आत्माहत्या गर्नु हो ।’

एनआरएनएले विमानस्थलबाट उद्धार गरेर ल्याए पनि अहिले अलपत्र छोडिदिएको कृष्णबहादुरले बताए । उनका अनुसार अर्का एक नेपाली उत्तम भण्डारीले दुईचार दिनसम्मको खाना दिने भनेका छन् । भण्डारीले पनि धेरै दिन खुवाउन नसक्ने भएकाले चाँडै नेपाल फर्काइदिन उनीहरूको आग्रह छ ।

एनआरएनएका प्रतिनिधिलाई फोन गर्दा सम्पर्क गर्न नचाहेको पनि उनीहरूको आरोप छ ।

युएईको फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा काम गरेका उनीहरूले युएई पुगेको एक महिनामै रोजगारी गुमाएका थिए । अहिले ७ महिनादेखि उद्धारको पर्खाइमा छन् । युएईमै अलपत्र बारा कलैयाका शिव बच्चन रौनियार र अजय महतको पनि अहिलेसम्म उद्धार हुनसकेको छैन । उनीहरू पनि सात महिनादेखि उद्धारको पर्खाइमा छन् ।

यस विषयमा एनआरएनए युएईका पदाधिकारीहरूसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । दूतावाससँग जानकारी लिन खोज्दा पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ३८ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको