डिएसपी थापासहित चितवनमा ८ प्रहरीमा कोरोना | Khabarhub Khabarhub

डिएसपी थापासहित चितवनमा ८ प्रहरीमा कोरोना


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।

चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ११ : ३१ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा