नेप्सेमा झिनो गिरावट « Khabarhub

नेप्सेमा झिनो गिरावट


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी छ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी पाँच करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक पाँच करोड २७ लाख आठ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी चार करोड ९९ लाख चार हजार ४५९ र कुमारी बैंक चार करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.६३, सेन्ट्रल फाइनान्स कम्पनी ८.११, रिलायन्स फाइनान्स लिमिटेड ७.६४, सपोर्ट लघुवित्त ५.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४.३१ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी ५।१७, गुर्खाज फाइनान्स ४.८३, दिव्यश्वरी हाइड्रो पावर ४.३५, आँखु खोला जलविद्युत् कम्पनी ३.८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ०८ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न