च्याम्पियन्स लिग : रियल मड्रिड बराबरीमा रोकियो | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड बराबरीमा रोकियो


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको हो ।

समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा पुगेको थियो ।

घरेलु टोली बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा कासेमिरोले गोल गरेर टोलीलाई हारबाट जोगाए ।

बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् ।

बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ०९ बजे

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो