च्याम्पियन्स लिग : रियल मड्रिड बराबरीमा रोकियो « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड बराबरीमा रोकियो


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको हो ।

समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा पुगेको थियो ।

घरेलु टोली बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा कासेमिरोले गोल गरेर टोलीलाई हारबाट जोगाए ।

बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् ।

बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ०९ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन